कोहलपुर नगरपालिका-१३ को खड्कवारमा ‘खड्कवार नमुना सामुदायिक होम-स्टे’ को उद्घाटन गरिएको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत, उप-प्रमुख सन्जु कुमारी चौधरी तथा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुनले संयुक्त रुपमा सो होम-स्टेको उद्घाटन गरेका हुन । ‘सँस्कृती र प्रकृती’ को संरक्षण, सम्बद्र्धन र विकासकालागि आप्mनो निजि स्वामित्वमा होम-स्टे संचालनमा ल्याएको स्थानिय लालबहादुर रानाले बताए ।
कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले आन्तरिक पर्यटनकालागि खड्कवारमा प्रचुर सम्भावना रहेकाले ब्यवस्थित रुपमा होम-स्टे संचालन गर्न आग्रह गरे । कोहलपुर नगरपालिकाले समेत आर्थिक सहयोग गरिरहेकाले होमस्टेलाई ब्यवस्थित, मर्यादित र सुरक्षित रुपमा संचालन गर्न र पर्यटकहरुको आकर्षक गन्तब्यका रुपमा बिकास गर्न रावतले सुझाव दिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले होमस्टे संचालन तथा ब्यवस्थापनकालागि संघले अवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै नेकपाका युवा नेता नरेन्द्र न्यौपानेले खड्कवारलाई होम-स्टेको माध्यमबाट नगर तथा क्षेत्रमा चिनाउन र यस ठाँउको विकास र सम्बृद्धिकालागि होमस्टे कोशेढुङ्गा सावित हुने विश्वास ब्यक्त गरे ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले खड्कवार नजिकै हात्तिसार रहेकाले हात्ति सफारिकालागि समेत यस स्थान उपयुक्त रहेको बताउँदै आन्तरिक पर्यापर्यटन तथा पर्यटकहरुकालागि उचित वासस्थानको समेत आवश्यकता रहेको बताए । हाल ३ वटा घरबाट होमस्टे संचालन गरिएको र आवश्यक सबै संरचना निर्माणकालागि आर्थिक स्रोतको अभाव रहेको होमस्टे संचालक रानाले बताए ।
१६ असार २०७५, शनिबार ०९:३७ प्रकाशित