बैजनाथ सहकारी संजालले वादविवाद तथा वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ । बैजनाथ गाँउपालिकाभित्र रहेका ४० वटा विद्यालयका छात्र÷छात्राहरुको सहभागीतामा बादविवाद तथा बक्तीत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।
‘निजि क्षेत्र भन्दा सहकारी ठिक वा वेठीक’ विषयक वादविवाद प्रतियोगितामा हिमालय विद्या निकेतनका सुशिल वि.क. प्रथम, वागेश्वरी मा.वि. गाभरका उत्तर आचार्य द्धितिय तथा भृकुटी मा.वि. की रचना थारु तृतिय हुन सफल भईन । त्यसैगरी ‘दिगो विकासमा सहकारी’ भन्ने विषयमा भएको बक्तित्वकला प्रतियोगितामा वागेश्वरी मा.वि. गाभरकी छात्र विवेक शर्मा प्रथम, दिपज्योती विद्या निकेतनकी बिमला थापा द्धितिय र हिमालय विद्या निकेतनकी अरुणा वली तृतिय भएकी छन । दुबै प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने छात्र÷छात्राहरुले क्रमशः ४ हजार, ३ हजार र १ हजार नगद पुरस्कार प्राप्त गरे । साथै उनिहरुलाई सम्मानपत्रले सम्मानित गरिएको थियो ।

यसैबिच सहकारी संजाल बैजनाथको आयोजनामा गत चैत्र १३ गते सहकारी दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागी ८५ वटा सहकारीमध्ये सबैभन्दा बढि रक्तदान गर्ने सहकारी हरुलाई पुरस्कृत गरिएको छ । सबैभन्दा बढि सदस्यद्धारा रक्तदान गराउन सफल नवकिरण बहुउद्धेश्यिय सहकारी संस्था, ग्रामिण सामुदायिक विद्युत सहकारी संस्था र एभरेष्ट सहकारी संस्था क्रमशः प्रथम, द्धितिय र तृतिय हुँदै ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गरेको सहकारी संजाल बैजनाथका अध्यक्ष जगत बहादुर बुढाले बताए ।
त्यसैगरी सहकारी संजालकै आयोजनामा सम्पन्न भएको मैत्रीपुर्ण फुटबलमा बिजयी सहकारी संजाल बैजनाथ र उप–बिजेता कर्मचारी जनप्रतिनिधि बैजनाथ गाँउपालिकालाई राष्ट्रिय सहकारी बोर्डका केन्द्रिय सदस्य देबबहादुर के.सी. ले शिल्ड तथा सम्मानपत्र बितरण गरेका थिए ।
उक्त मैत्रिपूर्ण खेलको उत्कृष्ट खेलाडीको उपाधी बैजनाथ गाँउपालिकाका सुचना अधिकारी तप्तराज आचार्यलाई प्रदान गरियो ।
गाँउपालिकामा संचालित बिभिन्न तालिममा प्रशिक्षण गरेवापत गाँउपालिका प्रमुख मान ब. रुचाल, देव ब. केसी, प्रेम सुवेदी, नवराज उपाध्ययाय, बिजया धिताललाई सम्मान गरिएको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

१५ असार २०७५, शुक्रबार २३:२६ प्रकाशित