साउनी कार्की हत्याकाण्ड : ३७ दिनपछि अभियुक्त सार्वजनिक
  • काँचुली खबर

ईलाका प्रहरी कार्यालय कोहलपुरले साउनी कार्की हत्याकाण्डका अभियुक्तलाई सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन मार्फत प्रहरीले हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको हो ।

गत श्रावण २ गते कोहलपुर नगरपालिका ११ एकता नगरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा ८२ वर्षिय साउनी कार्कीको हत्या भएको थियो । आफ्नै कोठामा सुतिरहेकी बृद्धा कार्कीको टाउकोमा धाराको हत्ताले प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले कोहलपुर नगरपालिका १२ चप्परगौंडी रामजानकी टोलका ३४ वर्षिय सन्तोष कुमार थापा (चाईनिज) लाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार सधैंजसो मादक पदार्थ, लागुऔषध (गाँजा, कोरेक्स) र नाईट्रोभेट गर्ने थापाले चोरी गर्ने उद्धेश्यले रातीको समयमा कार्कीको घरमा पसेको र पहिचान खुल्ने डरले बृद्धा कार्कीको हत्या गरेर फरार भएको बयान दिएका छन । खनालले कार्कीको हत्यामा प्रयोग भएको धाराको हत्ता, रिन्ची र पोष्टमार्टम रिपोर्टको आधारमा अनुसन्धान गर्दा प्रहरी अभियुक्तसम्म पुग्न सफल भएको बताए ।

खनालले पोष्टमार्टम रिपोर्ट र प्राप्त प्रमाणका आधारमा थापाले नै कार्कीको हत्या गरेको बताए । यस अघि पनि बिभिन्न आपराधीक घटनमा संलग्न रहेका थापाले कार्कीको हत्या पछि लिएर गएको सुनको गहना (जन्तर) भारतको रुपैडियाका राकेश बर्मालाई ७ हजार ५ सयमा बिक्रि गरेको स्विकार गरेको डिएसपि खनालले जानकारी दिए ।

पत्रकार सम्मेलनमा खनालले थापालाई हदैसम्म कारबाहीको मागदावी सहित मुद्धा दायर गरिने जानकारी दिए । थापाकोे जेठ १० गते भरैयामा भएको सोहीप्रकृतिका घटनामा समेत सम्लग्नता रहेको प्रहरीको भनाई छ । भरैयामा समेत घरमा सुतिरहेको अवस्थामा धाराको हत्ताको प्रयोग गरि एक महिलाको हत्या प्रयास भएको थियो ।

वाईसीएल बाँके संयोजक कार्कीलाई मातृशोक, हत्याको आशंका

  • ७ भाद्र २०७८, सोमबार १७:३० प्रकाशित
  • Nabintech