पछिल्लो २४ घण्टामा बाँकेमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा गरीएको परिक्षणमा जिल्लाभित्रका ५ र अन्य जिल्लाका ६ जनामा संक्रमण पुष्टि भएको हो ।
कुल ७२ नमुना परिक्षण गर्दा भेरी अस्पतालमा ६ र मेडिकल कलेज कोहलपुरमा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ८ सय ९९ पुगेको छ ।
यसैबिच बाँकेमा उपचाररत २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जिललाका बिभिन्न अस्पतालमा उपचाररत २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेद्धारा जारी गरीएको विवरणमा उल्लेख गरीएको छ ।
आईतबार बाँकेबाट १४ जना डिस्चार्ज भएका छ्न । यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ५० पुगेको छ ।
६ भाद्र २०७८, आईतवार १५:२२ प्रकाशित