आचार्यको पहलमा कालिकोटमा खाद्यान्न वितरण
  • काँचुली खबर

सामाजिक अभियन्ता तथा नेकपा माओवादी केन्द्रका युवा नेता महारुद्र आचार्य (महान)ले कालिकोटमा खाद्यान्न वितरण गरेका छन् ।

उनले कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर १ छाती र वडा नम्बर ६ हाउडीका दलित समुदायका १ सय १७ घरपरिवारलाई ३ लाख बराबरको खाद्यान्न वितरण गरेका हुन ।

आचार्यको पहल तथा स्टाटस फाउन्डेशन नेपाल काठमाण्डुको आर्थिक सहयोगमा १ सय १७ बोरा चामल, ३ सय ५१ केजी दाल, २ सय ३४ पोका खानेतेल र २ सय ३४ बट्टा नुहाउने साबुन बितरण गरीएको हो ।

आचार्यले गाउँपालिकाका अन्य वडाका दलीत समुदायलाई पनि सहयोग गर्ने बताएका छन् ।

आफू सानैदेखि शोषित पीडितका लागि लड्दै आएको बताउँदै आचार्यले गतवर्षको असिना पानीबाट अन्नबालि सखाप भएपछि प्रभावित समुदायलाई खाद्यान्नको अभाव नहोस् भन्ने हेतुले विभिन्न संघसंस्थासंग पहल थालेको र प्राप्त सहयोग स्थानीय पीडित समुदायलाई वितरण गरेको बताए ।

शुभकालिका वडा नं. ६ निबासी आचार्य १० वर्षे जनयुद्धमा भूमिगत समेत भएका थिए । शान्तिप्रक्रियापछि उनले कैलाली र बाँकेको कोहलपुरलाई कर्मथलो बनाउँदै आएका छन् ।

अब गाउँमै फर्केर राजनीति मार्फत जनसमुदायलाई सहयोग गर्ने युवा नेता आचार्यको भनाई छ ।

  • ६ भाद्र २०७८, आईतवार १४:४६ प्रकाशित
  • Nabintech