बाँकेमा मजदुरदेखि बिज्ञको दैनिक पारिश्रमिक निर्धारण गरीएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले नयाँ आर्थिक वर्षका लागि लागु हुने गरी नयाँ दररेट सार्वजनिक गरेको छ । प्रशासनले मजदुरदेखि बिज्ञसम्मको परिश्रमिक र माटोदेखि सुनसम्मको दररेट सार्वजनिक गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको बैठकलले सिकर्मी, डकर्मी, चित्रकार, बज्रकर्मी, ढुंगे डकर्मी, सोलार ग्रेडर अपरेटरलाई दैनिक ८ सय ४० रुपैयाँ दैनिक ज्यालादारी तोकेको छ ।
त्यस्तै ज्यामी, कुल्ली, सर्बे हेल्पर, खानी मजदुर, क्लिनर, स्प्रे मेन र चौकिदारलाई दैनिक ज्याला ५९० रुपैयाँ तोकेको छ । बिज्ञहरुको दैनिक परिश्रमिक ३ हजार ६४० रुपैयाँ निर्धारण गरिएको छ ।
ढुंगा, गिट्टी प्रति डोको १६५, बेतको टोकरी २० सीएम साईजको ३०० मुल्य तोकिएको छ । नगरपालिकाभित्रको माटो प्रति घन मिटर ३५०, बाँस प्रति गोटा २८४, गोबर प्रति घनफिट ६, खर मुठाको २३, धानको भुस प्रतिकिलो ६ रुपैयाँ, नेपाली सिमेन्ट ओपीसी ७८० रुपैयाँ बोरी, पीपीसी ६८०, चिम्नीको इटा प्रति हजार १२ हजार, भुसमा पकाएको इटा प्रति हजार ८४२९ रुपैयाँ निर्धारण गरिएको छ ।
५ भाद्र २०७८, शनिबार १७:२२ प्रकाशित