भेरी अस्पतालमा फलफुल तथा पौष्टिक सामाग्री वितरण
  • काँचुली खबर

मुस्लिम समुदायको मोहोरर्मको अवसरमा शुक्रबार भेरी अस्पतालमा फलफुल तथा पौष्टिक सामाग्री बितरण गरिएको छ । मुस्लिम समुदायका युवाहरुद्धारा सो सामग्री बितरण गरिएको हो ।

भेरी अस्पतालको कोभिड वार्ड र गाईनो वार्डमा उपचार गराईरहेका १०० जना बिरामीलाई फलफुल, पानी, ग्लुकोज, ड्राई फ्रुट लगायतका सामग्री वितरण गरिएको आयोजकले जनाएको छ । मुस्लिम युवाहरूले ईस्लामले करबलाबाट पाएको एकता शान्ति सद्भाव तथा आपसी भाईचाराको सन्देशलाई समाजमा प्रवाह गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको समुहका युवा मो. आसिफ अन्सारीले बताए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

पैगम्बरे इस्लामकाका नाति हजरत ईमाम हुसैनलाई आजैको दिनमा करबलामा शहिद गरेको सम्झ्नामा ईमाम हुसैनले दिएका सन्देश आजको युवाहरुलाई बुझाउन आवश्यक रहेको समाजसेवी तथा युवा अभियान्ता अन्सारीको भनाई छ ।

भेरी अस्पताल बिकास समितीका सदस्य कृष्ण प्रसाद श्रेष्ठले कामको प्रशंसा गर्दै मुस्लिम समुदायका युवाहरुले मोहरर्मको अवसरमा यस्तो मानवीय कामले अस्पतालमा भर्ना भएका बिरामीलाई सहयोग पुग्नुका साथै मानसिक मनोबल समेत बढेको जिकिर गरे । सो बितरण कार्यक्रममा समाजसेवी तथा अधिकारकर्मी रचना श्रेष्ठ, चिकित्सक शिक्षा अध्ययनरत अजहर हुसैन फारुकी युवा अभियान्ता, ईबरार खान अन्कित श्रीवास्तव, समीर अलि बेहना, बिज्ञान बराल, अभिषेक हलवाई लगायतका युवाहरुको उपस्थिति रहेको थियो ।

सोहि सन्दर्भमा सो समुहले नेपालगन्जको विभिन्न चोकहरुमा आजै सुरक्षाकर्मीहरुलाई पानी तथा बिस्कुट समेत बितरण गरेको छ ।

  • ५ भाद्र २०७८, शनिबार १६:१२ प्रकाशित
  • Nabintech