नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग (वाइसीएल) नेपालले राप्तीसोनारी गाँउपालिका वडा नं. ९ ढकेरीमा संगठन विस्तार गरेको छ । शुक्रबार राप्तीसोनारीको ढकेरीमा भएको युवाहरुको भेलाबाट उत्तम खत्रीको संयोजकत्वमा १९ सदस्यीय वडा कमिटी चयन गरीएको वाइसीएल राप्तीसोनारी गाउँपालिका संयोजक शेर बहादुर खड्का ‘सुजल’ ले जानकारी दिए ।
नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य कृष्णा के सी ‘नमूना’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा सहभागी युवाहरुलाई प्रशिक्षण समेत दिइएको थियो ।
कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य मन्जु रोका, वाइसीएल जिल्ला कमिटी सदस्य तथा राप्तीसोनारी गाउँपालिका संयोजक शेर बहादुर खड्का ‘सुजल’, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राप्तीसोनारी ९ का अध्यक्ष दल बहादुर खड्का लगाएत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
वाइसीएल राप्तीसोनारी गाँउपालिका संयोजक सुजलले अब पालिका भित्रका सम्पुर्ण वडामा कमिटी बिस्तार गर्ने र वाइसीएललाई सशक्त रूपमा अगाडी बढाउने निर्णय गरिएको जानकारी दिए ।
५ भाद्र २०७८, शनिबार १३:४५ प्रकाशित