बाँकेमा कोरोनाबाट २८ वर्षिय युवाको मृत्यु
  • काँचुली खबर

कोरोना संक्रमणबाट बाँकेमा उपचाररत २८ वर्षिय युवाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत टिकापुर नगरपालिका १ कैलालीका २८ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन समिति बाँकेले जनाएको छ ।

भदौ १ गते भेरी अस्पतालमा भर्ना भएका ती युवाको शुक्रबारबिहान साढे ८ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए । ओलीका अनुसार शुक्रबार थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गत साउन २० गते भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका सुर्खेत गुर्वाकोट ५ का ३९ वर्षिय पुरुषको दिउँसो १ः२० बजे मृत्यु भएको हो ।

योसंगै बांके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२५ र बाहिरी जिल्लाको मृतक संख्या ३९० पुगेको छ ।

  • ४ भाद्र २०७८, शुक्रबार १७:१३ प्रकाशित
  • Nabintech