नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले माधव नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीलाई सहयोग गर्ने बताएका छन् । पार्टी एकता अभियानको जुम मिटिङलाई सम्बोधन गर्दै नेता गौतमले बिहीबार यस्तो बताएका हुन् ।
पार्टी एकता अभियानलाई तीव्र बनाउँदै नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीलाई सहयोग गर्ने उनले बताएका हुन् । उनले केपी ओलीको पक्षमा लागेर अब पार्टीका लागि केही गर्न नसकिने उनको भनाइ छ ।
‘ओलीको पक्षमा लागेर केही गर्न सकिदैन’ उनले भने, ‘अब हामीले विद्रोहबाट अर्कोपक्षभन्दा शक्ति आर्जन गरेर पार्टी एकतामा जोड दिन्छौं ।’
उनले नेपालसँग पार्टी एकताको जिम्मेवारी आफूलाई दिन आग्रह गर्ने बताए ।
३ भाद्र २०७८, बिहीबार १६:२७ प्रकाशित