मोटरसाईकल चोर्दा चोर्दै कोहलपुरबाट रंगेहात पक्राउ
  • काँचुली खबर

कोहलपुर प्रहरीले मोटरसाईकल चोरीरहेको अवस्थामा रंगेहात तिन जना युवालाई पक्राउ गर्न सफल भएको छ । कोहलपुर बसपार्क नजिकैबाट मोटरसाईकल चोरी गरेर लैजाने क्रममा उनिहरुलाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसक्षेत्रमा केही युवाहरु शंकास्पद गतिविधि गरीरहेको सुचना पाएको प्रहरीले कडा निगरानी गर्दै कोहलपुर बसपार्क पछाडी पूर्वतर्फको सडकबाट मोटरसाइकल चोरी गरेर लैजादै गरेको अवस्थामा तीन युवाहरुलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका युवाहरु रुकुम जिल्लाका रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । रुकुम पश्चिम चौरजहारी नगरपालिका–११ बस्ने अनुप चन्द, सुन्दर मल्ल र अमर वि।क।को समूह मोटरसाईकल चोरी गरीरहेको अवस्थामा पक्राउपरेका हुन ।

उनिहरुको साथबाट भे३प ६००५ नम्बरको डिस्कभर कालो निलो रंगको मोटरसाइकल सहित एन.एस. मोटरसाइकलको निलोरंगको हेडलाइट १ थान, पल्सर मोटरसाइकलको निलो रंगको ट्यांकी कभर १ थान, मोटरसाईकलको पाटपुर्जा खोल्न प्रयोग हुने स्क्रु ड्राइभर र रेञ्ची एक/एक थान, मोटरसाइकल स्टिकर ७ थान, मोवाइल सेट ३ थान र १३ चक्की नाइट्रोभ्याट भन्ने आगु औषध बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए । पक्राउ परेकोव्यक्तिमध्ये एक जना रुकुमको एक मोटरसाइकल ग्यारेजमा काम गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले बिहिबार विहान ८ बजेतिर हराईरहेको मोटरसाइकलको हुलिया सहित खोजीकालागि निवेदन दिए मोटरसाइकल धनी चन्द्र बहादुर गिरीलाई उक्त मोटरसाईकल बुझाएको जनाएको छ ।

केही समययता कोहलपुर क्षेत्रबाट श्रृंखलावद्ध रुपमा मोटरसाइकल चोरी हुने क्रम व्यापक रुपमा बढेको छ । वितेको ६ महिनामा कोहलपुर क्षेत्रबाट ३७ वटा मोटरसाइकल चोरी भएपछि यस विषयले व्यापक चर्चा पाएको थियो । इलाका प्रहरी कार्यालयको सुरक्षा आधार क्षेत्रबाट २ वटा मोटरसाइकल र एउटा स्कुटर चोरी भएपछि प्रहरीलाई झन चुनौती थपिएको थियो । चोरीमा संलग्नहरुलाई निययन्त्रणमा लिन नसकेको भन्दै कोहलपुर प्रहरीको व्यापक आलोचना समेत हुँदै आएको छ ।

  • ३ भाद्र २०७८, बिहीबार १३:१३ प्रकाशित
  • Nabintech