डोरमणिको ठाँउमा मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी शाक्य
  • काँचुली खबर

नेकपा (एमाले)मा आएको संकटकैबीच बागमती प्रदेश सरकारमा नयाँ घटनाक्रम विकास भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले एमाले प्रदेश सभा संसदीय दलको नेताबाट राजीनामा दिएका छन् र उनको स्थानमा अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरिएको छ ।

हेटौंडामा जारी बैठकमा पौडेलले नेताबाट राजीनामा दिएको र शाक्यलाई दलको नेता चयन गरिएको स्रोतले जनाएको छ । शाक्य अब बागमतीको मुख्यमन्त्री बन्नेछिन् ।

यसअघि उनलाई मुख्यमन्त्री बनाउन जोडबल गरिएपनि अध्यक्ष केपी शर्मा ओलीले मानेका थिएनन् । शाक्य यसअघि नेपाल पक्षमा थिइन् ।

एमाले स्थायी कमिटी सदस्य समेत रहेकी शाक्य एमालेमा अध्यक्ष ओलीको प्रखर विरोधीका रुपमा चिनिएकी थिइन् । नेपालपक्षमा खुलेर लागेकी उनी पछिल्लो समय भने नेपालसँग टाढिँदै गएकी थिइन् । नेपालले नयाँ पार्टी गठन गर्ने तयारी गर्दा उनले आफू विभाजनमा नलाग्ने बताएकी थिइन् ।

मुख्यमन्त्री बन्ने भएपछि उनले नेता नेपालको साथ छाड्ने निश्चित भएको छ ।

  • २ भाद्र २०७८, बुधबार १६:०१ प्रकाशित
  • Nabintech