बाँकेको कोहलपुर नगरपालिका १ कौशिलानगरमा रहेको श्री कृष्ण माध्यामिक विद्यालयले यस वर्ष देखि ११ कक्षासम्म संचालनको अनुमती पाएको छ । बिगतमा एसएलसि र एसईईमा लगातार ३ वर्ष उत्कृष्ट नतिजा ल्याएर जिल्लाकै उत्कृष्ट विधालय बनेको कृष्ण माविले ११ कक्षा संचालनको अनुमती पाएको हो ।
मंगलबार विद्यालयमा भएको सर्वपक्षिय छलफलमा विद्यालयले यस शैक्षिक शत्रदेखी ११ कक्षा सञ्चालनको अनुमती पाएको विद्यालयका प्राध्यानाध्यापक बिरेन्द्र मल्लले जानकारी दिए । अनुमती प्राप्त भएसँगै विद्यालयमा कक्षा ११ का लागि भर्ना समेत खुल्ला गरीएको मल्लले बताए ।
प्रधानाध्यापक मल्लका अनुसार पहिलो वर्ष बिज्ञान, कानुन, शिक्षा र व्यवस्थपान संकायमा पढाई सुरु गरीने भएको छ । कोहलपुरमा संचालित विद्यालयहरुमध्ये स्थानिय स्तरमा पहिलो पटक कृष्ण मावीले कानुन विषय पढाउने तयारी गरीरहेको बताउँदै मल्लले आफ्नो बिद्यालयले दिने शिक्षाको गुणस्तरमा शंका नगर्न आग्रह समेत गरेका छन ।
कार्यक्रममा बोल्दै कोहलपुर नगर शिक्षा शाखा प्रमुख अनन्त पौडेलले कृष्ण माबिका शिक्षक तथा अभिभावकहरुको अथक मिहेनतले विद्यालय सधै अब्बल रहदै आएको बताए । उनले बिद्यालयको शैक्षिक गतिबीधी आफु सन्तुष्ट रहेको बताउदै आगामी दिनमा समेत विद्यालयप्रति चासो राख्न सबैलाई आग्रह गरे । शिक्षक, अभिभावकको अथक मिहेनतले सरकारी विद्यालयलाई समेत उत्कृष्ट बनाउन सकिने बताउदै पौडेलले कृष्ण माबि त्यसैको नमुना भएको धारणा राखे ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका युवा नेता एवं सोही विद्यालयका अभिभावक नरेन्द्र न्यौपानेले समुदायीक विद्यालयको गुणस्तर बिकासका लागि सामुहीक पहलको खाँचो भएको बताए । उनले एक पक्षको सुधारले मात्रै सामुदायीक विद्यालयको शिक्षामा सुधार नहुने भन्दै शिक्षक, अभिभावक र राज्यको उचित ध्यान जान आवश्यक रहेको बताए । उनले शिक्षामा गरेको लगानिको फल लामो समय पछि प्राप्त हुने भन्दै शिक्षामा राज्यको लगानि बढाउन आवश्यक हरेको धारणा राखे । सार्वजनिक विद्यालयको कक्षा कोठा, शैचालय, खानेपानी, यातायातका साधन जस्ता कुरामा राज्यको लगानी प्रयाप्त नभएको धारणा राख्दै न्यौपानेले सर्वपक्षिय रुपमा दवाव सृजना गर्न आवश्यक रहेको उल्लेख गरे ।
छलफल कार्यक्रममा नेकपा एमालेका नेता प्रेम भुषाल, नेपाली काग्रेस नेतृ सतिदेबी ढकाल, बिद्यलायका पुर्व प्रध्यानाध्यापक विश्व प्रकाश शर्मा ढकाल, अभिभावक अमर लामिछाने, स्थानिय समाज सेबी सितला परियार लगायतले विद्यालयमा शैक्षिक सुधार गर्दै नमुना बिद्यालय बनाउन सुझाव दिएका थिए ।
कार्यक्रममा प्राप्त सुझाव ग्रहण गर्दै विद्यालयलाई उत्कृष्ट बनाउन दिनरात लागिपर्ने विदालयका प्रध्यानाध्यापक बिरेन्द्र मल्लले प्रतिवद्धता जनाएका छन । उनका अनुसार ११ कक्षामा पोजेक्टर तथा स्मार्ट बोर्डको माध्यामबाट शिक्षण गरीनुका साथै पर्याप्त खेल मैदान, पुस्तकालय, बिज्ञान प्रयोगशाला, स्वच्छ पिउने पानीको समेत ब्यवस्थापन गरीएको छ । साथै एसईईमा जिपिए ४ ल्याउने विद्यार्थीलाई कृष्ण मावीमा अध्ययनकालागि शत प्रतिशत छुटको व्यवस्था समेत गरीएको मल्लले जानकारी दिए । त्यसका अलावा गरिव, जेहन्दार, पिछडीएका, सिमान्तकृत तथा लोप उन्मुख जनजातीका बालिकालाई समेत छात्रवृत्ति उपलब्ध गराईने मल्लले बताए ।
कृष्ण मावीमा ११ कक्षाको पढाई सुरुभएसँगै अब कोहलपुर नगरपलिका वडा नं. १ र २ तथा बैजनाथ गाँउपालिकाको वडा नं. १, २, ३ र ४ का विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाकालागि बाहिर जानुपर्ने बाध्यता हट्ने देखिएको छ । सडक संजालसँग जोडिएको कृष्ण माविले आफ्ना विद्यार्थीहरुको सुविधालाई मध्यनजर गर्दै निकट भविश्यमै स्कुल बस सेवा समेत संचालन गर्ने तयारी गरीरहेको विद्यालय प्रशासनले जनाएको छ ।
१ भाद्र २०७८, मंगलवार १७:१३ प्रकाशित