कोहलपुर प्रहरीलाई चोरको चुनौती, एक सातामै दुई मोटरसाईकल हराए
  • काँचुली खबर

बाँकेको कोहलपुरमा चोरीको घटनाले ब्यापकता पाएको छ । श्रृङ्खलावद्ध रुपमा कोहलपुर क्षेत्रबाट मोटरसाइकल चोरी हुने क्रम रोकिएको छैन । जसले गर्दा कोहलपुर प्रहरीलाई थप चुनौती थपिएको छ ।

मंगलबार इलाका प्रहरी कार्यालयको छेउबाट पुन मोटरसाइकल चोरी भएको छ । मंगलबार बिहान ५ बजेपछिको समयमा प्रहरी कार्यालयको उत्तरतर्फ रहेको हाम्रो होटल बाहिर पार्किङ्ग गरिराखेको मोटरसाइकल चोरी भएको हो । चोरी भएको क्षेत्र प्रहरी कार्यालयबाट मुस्किलले २५ मिटरको दुरीमा रहेको छ ।
यो सँगै इलाका प्रहरी कार्यालयको सुरक्षा आधार क्षेत्रबाट चोरी भएको मोटरसाइकलको संख्या २ पुगेको छ ।

केही दिन अघिमात्रै (श्रावण २७ गते) इलाका प्रहरी कार्यालय कोहलपुरको प्रवेशद्धार बाहिर पार्किङ्ग गरिराखेको भे१०प ३५३६ नम्बरको १५० सीसी रातोरकालो पल्सर मोटरसाइकल चोरी भएको थियो । यो सहित कोहलपुर क्षेत्रमा बितेको ६ महिना यता मोटरसाइकलरस्कटुर चोरी भएको संख्या ३६ पुगेको छ ।

प्रहरीको सुरक्षा आधार क्षेत्रबाट २ वटा मोटरसाइकल चोरी भइसकेपछि प्रहरीलाई पनि चुनौती थपिएको छ । आफ्नो सुरक्षा आधार क्षेत्रबाट सवारी चोरी हुनुभएको प्रहरीको सुरक्षा अवस्थालाई लिएर पनि चर्चा भइरहेको छ । यबाट जसरी पनि प्रहरीले यस विषय सफलता पाउनैपर्नेमा चौतर्फी दवाव पनि सिर्जना भएको छ ।

यस विषयमा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालसँग कुरा गर्दा मंगलवार पुनः अर्को सवारी चोरी भएको पुष्टि गरेका छन् । नगर क्षेत्रमा चोरीका घटनाहरु श्रृंखलाबद्व रुपमा घट्न थालेपछि प्रहरी नायब निरीक्षकको कमाण्डमा ७ जनाको टास्क फोर्स नै गठन गरेर कडा तथा सुक्ष्म अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनाल बताउँछन् ।

मोटरसाइकल चोरीमा संलग्न गिरोहको पहिचान लगभग भइसकेकाले केही दिनमा नियन्त्रणमा लिने तयारी भइरहेको प्रनाउ खनालले जानकारी दिए । “यस विषयमा प्रहरी संवेदनशील रुपमा आफ्नो अनुसन्धानलाई जारी राखेको छ, नगर क्षेत्रमा हुने, चोरी तथा अपराधिक गतिविधी नियन्त्रणका लागि प्रनानी गोपाल कुमार मल्लको कमाण्डमा ७ जना प्रहरीको टास्क फोर्स गठन गरेर सुक्ष्म अनुसन्धान गरिरहेका छौं, पछिल्लो समयमा २ वटा हराएका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइसकेको पनि छ ।” प्रनाउ खनालले भने ।

प्रहरीको अनुसन्धानबाट मोटरसाइकल चोरी गर्ने गिरोह वा समूह एक भन्दा बढि रहेको संकेत मिलेको र चोरीमा संलग्न व्यक्ति सिसि क्यामरामा कैद भएको दृश्यका आधारमा पहिचान पनि भईसकेको प्रनाउ खनालले जानकारी दिए ।

  • १ भाद्र २०७८, मंगलवार १३:०१ प्रकाशित
  • Nabintech