अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाई उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ ।
सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन् । तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् ।
३१ श्रावण २०७८, आईतवार १९:५८ प्रकाशित