नेपालगञ्ज-६ फुलटेक्रास्थित फुलटेक्रा मावि (प्रस्तावित बाबुराम लौघर महतो माध्यमिक विद्यालय)ले नयाँ भवन तथा शौचालय निर्माण सम्वन्धि विवरण सार्वजनिक गरेको छ ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक समेत रहेका विद्यालयका कानुनी सल्लाहकार अजय श्रीवास्तवको प्रमुख उपस्थितमा नयाँ भवन तथा शौचालय निर्माणको विवरण सार्वजनिक गरिएको हो ।
विद्यालय ब्यवस्थापन समिति सदस्य ओम प्रकाश श्रीवास्तवले आईतबार एक कार्यक्रमका बिच भवन तथा शौचालय निर्माणको प्रगति, निर्माणको क्रममा आईपरेका समस्या तथा आर्थिक विवरण सार्वजनिक गरेका हुन ।
कार्यक्रममा बाँकेको स्थानिय निजी गुठी श्री शिव पार्वती मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका पदाधिकारी विशेष रुपले जग्गादाता माधवराम वर्मा, ओम प्रकाश श्रीवास्तव बिच करिब दुई वर्ष देखिको सकारात्मक वार्ताको परिणामस्वरुप केही शर्त सहित करिब सात करोड मूल्य बराबरको जग्गाको भोगाधिकार विद्यालयलाई निःशुल्क प्राप्त भएको जानकारी समेत गराईएको थियो ।
तत्कालीन बिनौना गाउँबासी स्वर्गीय लौघर महतोद्धारा फुल्टेक्रा गाँउमा रहेको दुई कोठे भवन विद्यालयलाई प्रदान गरि २०११ सालमा कक्षा ८ सम्मको फुल्टेक्रा मिडिल स्कूलको स्थापना भएको थियो । जग्गा प्राप्ति पछि कम्तीमा पनि १७ कोठाको नयाँ भवन, शौचालय, निर्माणस्थलको जग्गा अत्यन्त खाल्टोमा रहेकोले माटो पटान तथा बाउण्ड्री वालको लागि दाताको खोजी गर्ने क्रममा नेपालगन्ज उमपहानगरपालिका शिक्षा, युवा तथा खेलकूद विकास महाशाखा एवं श्री युनेस्को बाँकेलाई अनुरोध गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
सोही अनुसार पालिकाले चार कोठे २ वटा भवन र २ वटा शौचालयकालागि आर्थिक सहयोग उपलब्ध गराएको थियो । उपमहानगरपालिकाले भवन निर्माणका लागि ३६ लाख तथा शौचालय निर्माणका लागि ७ लाख बजेट उपलब्ध गराएको विद्यालय व्यवस्थापन समितिका सदस्य श्रीवास्तवले बताउए ।
भवन निर्माण कार्यको लागि स्टीमेटमा नभएको तर निर्माणको क्रममा नभै नहुने कार्य जस्तै पानीको व्यवस्थापन, विद्युत, पाईप, निर्माण स्थलमा निर्माणको काम आरम्भ गर्दा माटो पटान आदिमा लाग्ने खर्च विद्यालय आफैले व्यहोरेको पनि उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका संयोजक श्रीवास्तवले स्थानिय पालिकाले प्रस्ताव गरेमा उक्त विद्यालयलाई आगामीदिनमा समेत सक्दो सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएका छन ।
उक्त कार्यक्रममा विद्यालयलाई जग्गा उपलब्ध गराउने जग्गादाता माधमराम वर्मालाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत वर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वडा प्रहरी कार्यालयका प्रमुख डिल्ली बहादुर खडका, नेपाल पत्रकार महासंघ बाँकेका सचिब कमल डाँगी, नेपालगञ्ज उपमहानगरपालिकाका प्राविधिक प्रमुक भुपेन्द्र बोहरा, इन्जिनियर चन्दन दास, सहायक इन्जिनियर शुभम वैश्य, विद्यालयका पदाधिकारी र स्थानीय हरुको उपस्थिति रहेको थियो ।
हेर्नुहोस विद्यालयको प्रेस विज्ञप्ती
३१ श्रावण २०७८, आईतवार १८:०९ प्रकाशित