राष्ट्रपती घानीले अफगानिस्तानको सत्ता छाड्ने
  • काँचुली खबर

तालिबान लडाकुहरूले देशका मुख्य सहरहरू कब्जा गरेपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सत्ता छोड्ने भएका छन् ।

अफगानिस्तानका कार्यवाहक गृह मन्त्री अब्दुल सत्तार मिर्जाकवालले अन्तरिम सरकारलाई शक्ति हस्तान्तरण हुने बताएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आजै राजधानी काबुल पसेका तालिबानहरूले वार्ताका लागि राष्ट्रपति कार्यालय गएका थिए । उक्त वार्ताको सहजीकरण राष्ट्रिय मेलमिलापका लागि उच्च आयोगका प्रमुख अब्दुल्लाह अब्दुल्लाहले गरेको अफगान समाचार संस्था खामाले जनाएको छ ।

कार्यवाहक गृहमन्त्री अब्दुलले शान्तिपूर्ण तरिकाले शक्ति हस्तान्तरण हुने भएकाले काबुलवासीलाई शान्त रहन आग्रह गरेका छन् । उनले काबुलमा तालिबानहरूले आक्रमण नगर्ने पनि बताएका छन् ।

यसअघि तालिबानका प्रवक्ताले पनि काबुलमा आक्रमण नगर्ने र वार्तामार्फत् शक्ति हस्तान्तरणका लागि छलफल भइरहेको बताएका थिए ।

  • ३१ श्रावण २०७८, आईतवार १७:२९ प्रकाशित
  • Nabintech