नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले कोहलपुरमा वडा तहको कमिटी गठन तथा पुर्नगठनलाई तिब्रता दिएको छ ।
माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपानेले अभियानकै रुपमा कमिटी गठन र निर्माण भएका कमिटीलाई पुर्णता दिने तथा भेलाहरु गर्ने काम भईरहेको जानकारी दिए । उनका अनुसार अभियान अन्तर्गत कोहलपुरका विभिन्न वडामा कमिटी गठन तथा कार्यकर्ता भेला सम्पन्न भईसकेका छन ।
कोहलपुर नगरपालिका वडा नं. १२ मा वडा कमिटीको बैठक तथा कार्यकर्ता भेलाले पुनः निरक बहादुर शाहीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन भएको छ । यसै गरी बैठक तथा कार्यकर्ता भेलाले अखिल नेपाल महिला संघ (क्रन्तिकारी) र वाइसिएलको वडा कमिटी पनि विस्तार गरेको छ । अखिल नेपाल महिला संघ (क्रन्तिकारी) को वडा कमिटी रुपी बि.क. को अध्यक्षतामा ११ सदस्यीय र वाइसिएलको वडा कमिटीमा पहलसिंह वलीको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन गरेको माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य न्यौपानेले बताए ।
माओवादी केन्द्रको केन्द्रीय सर्कुलर अनुसार साउन ३० गते भित्र वडा कमिटी गठन गर्न भनिएको छ । जसअन्तर्गत हालसम्म कोहलपुर नगरपालिका वडा नं. १, २, ३, १० र १२ मा वडा कमिटीको बैठक तथा कमिटी विस्तार सम्पन्न भएको छ । त्यसैगरी राप्ती सोनारी वडा नं. ३ को भेलाले नयाँ नेतृत्व चयन गरीएको न्यौपानेले जानकारी दिए ।
३१ श्रावण २०७८, आईतवार १६:१८ प्रकाशित