नेकपा एमाले बाँकेका प्रचार विभाग सचिव तथा जिल्ला कमिटि सदस्य गजेन्द्र गुरुङ माओवादी केन्द्रमा फर्किएका छन । बिहिबार एक विज्ञप्ती जारी गर्दै गुरुङले नेकपा माओवादी केन्द्रको भातृ संगठन प्रेस संगठन नेपालमा फर्किएको घोषणा गरेका हुन ।
सर्वोच्च अदालतबाट नेकपा खारेजभएसँगै एमालेमा सक्रिय हुँदै आएका गुरुङले एमालेको संगठन संचालन प्रक्रिया चित्त नबुझेको भन्दै आफ्नो पुरानो घरमा फर्किएको विज्ञप्ती मार्फत जानकारी दिएका हुन । माओवादी केन्द्र र एमाले एकिकरणपछि गठन भएको नेकपामा आवद्ध हुनु अगाडी उनि नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर बाँकेमा आवद्ध थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
एमालेभित्रको आन्तरीक किचलो र ब्यक्तिवादी प्रवृत्तिका कारण उक्त पार्टीमा बसेर काम गर्न नसक्ने निश्कर्षमा पुगेको उल्लेख गर्दै गुरुङले कुशल नेतृत्व र बिचार सहितको नेकपा माओवादी केन्द्रको जनवर्गिय संगठन प्रेस संगठन नेपालमै फर्किएको जनाएका हुन ।
बिहिबार विज्ञप्ती जारी गर्दै पुरानै घरमा फर्किएको घोषणा गरेका गुरुङलाई प्रेस संगठन नेपालका केन्द्रिय सदस्य प्रदिप वाग्ले, जिल्ला संयोजक डक्ट प्रसाद धिताल, सहसंयोजक राजेश आचार्य, प्रेस संगठन बाँकेका नेताहरु शुसील लामिछाने, शिव सुनार, आलम खान, संगिन शर्मा लगाएतले खादा ओढाएर स्वागत गरेका छन ।

२८ श्रावण २०७८, बिहीबार २०:०१ प्रकाशित