‘शैक्षिक सम्प्रेषण’को पहिलो अंक बिमोचन
  • काँचुली खबर

बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको पाठ्यक्रम तथा मूल्याङकन विभागले प्रकाशन गरेको ‘शैक्षिक सम्प्रेषण’ पुस्तक बिमोचन गरीएको छ । मंगलबार एक कार्यक्रमका बिच मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको वागेश्वरीमा अध्ययनरत एम.एड. चौंथो सेमेस्टरका विद्यार्थीहरुले तयार पारेको अध्ययन पुस्तकको बिमोचन गरीएको हो ।

मध्यपश्चिम विश्वविद्यालयमा समाहित भएपछि पहिलो पटक एम.एड. का विद्यार्थीहरुको समुहले पाठ्यक्रम तथा मुल्याङ्कन विभाग अन्तर्गत पुस्तक प्रकाशित गरेको विभागीय प्रमुख एकराज शर्माले जानकारी दिए । विभागीय प्रमुख शर्माका अनुसार विद्यार्थीहरुले पाठ्यक्रम अनुसारको सोध कार्य सम्पन्न गर्नकालागि पुस्तक प्रकाशन गरेका हुन ।

मंगलबार बागेश्वरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दान बहादुर हमालको उपस्थितीमा क्याम्पसका सबै बिभागका विभागीय प्रमुख र एम.एड. का बिभिन्न सेमेस्टरमा अध्ययनरत विद्याथीहरुका बिच पुस्तक बिमोचन गरीएको हो । त्यसक्रममा बोल्ने सहभागीहरुले पुस्तकप्रति टिप्पणी गर्नुका साथै आगामी दिनमा थप परिस्कृत रुपमा पुस्तक प्रकाशन कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

पुस्तक विमोचन कार्यक्रममा क्याम्पस प्रमुख दान बहादुर हमाल, निवर्तमान प्रमुख शिशिर कुमार शर्मा, पाठ्यक्रम तथा मुल्याङ्कन विभाग प्रमुख एकराज शर्मा, शैक्षिक सम्प्रेषणका सल्लाहकार उप प्राध्यापक टेकेन्द्र कुमार महतरा, पुर्व क्याम्पस प्रमुख रमेशचन्द्र अधिकारी, स्वास्थ तथा जनसंख्या विभागका विभागीय प्रमुख ज्ञानेन्द्र शाही, अँग्रेज विभागका विभागीय प्रमुख अनुप शाही, नेपाली विभागका विभागीय प्रमुख खोपिराम ओलि क्षेत्री, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष ललित प्रकाश चन्द, विभागीय सदस्य रविन्द्र प्रसाद सुवेदी, प्रशाकिय अधिकृत वेदराज लम्साल, पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष संगिन शर्मा लगाएतको उपस्थिती रहेको थियो ।

त्यसक्रममा एम.एड. चौंथो सेमेस्टरमा अध्ययनरत स्वर्गिय विद्यार्थीद्धवय नारायण प्रसाद चालिसे र जगत बहादुर चौधरीलाई मरणोपरान्त कदर पत्र प्रदान गरीएको थियो ।

  • २६ श्रावण २०७८, मंगलवार १७:०४ प्रकाशित
  • Nabintech