२२ मंसिर २०८०, शुक्रबार
पलम्बर काम गर्ने चौधरीको करेन्ट लागेर मृत्यु
  • काँचुली खबर

बाँकेको कोहलपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. ५ पिपिरीमा पलम्बरको काम गर्ने कैलालीका दिपेन्द्र चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार पिपिरीमा निर्माणधिन अवस्थामा रहेको लोकराज शर्माको घरमा पलम्बरको काम गर्ने क्रममा घोडाघोडी नगरपालिका ४ कैलालीका २६ वर्षीय चौधरी करेन्ट लागेको थियो ।

करेन्ट लागे लगत्तै उपचारकालागि चौधरीलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको थियो । अस्पताल पुर्याएलगत्तै चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाकोबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • २६ श्रावण २०७८, मंगलवार १४:०८ प्रकाशित
  • Nabintech