मैलुङ खोला जलविद्युत कम्पनीको सेयर बाँडफाँट
  • काँचुली खबर

मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो ।

यस कम्पनीको आईपीओमा २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको थियो । स्वीकृत आवेदनमध्ये ६८ हजार ४७४ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

जसमध्ये ६ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता सेयर हात पारेका छन् ।

कम्पनीले कुल सात लाख ३६ हजार २८६ कित्ता आईपीओ जारी गरेको हो । साउन १४ उक्त बिक्री खुला भएको आईपीओ सर्वसाधरणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता छुट्याइएको थियो ।

प्रतिकित्ता एक सय रुपैयाँ अङ्कति कुल सात करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको सात लाख ३६ हजार २८६ कित्ता आइपिओ निष्कासनको लागि असार २३ गते धितो पत्र बोर्डबाट अनुमति पाएको थियो ।

  • २६ श्रावण २०७८, मंगलवार ११:४५ प्रकाशित
  • Nabintech