समाचारप्रति शिवालय गाँउपालिकाको गम्भिर ध्यानाकर्षण
  • काँचुली खबर

जाजरकोटको शिवालय गाँउपालिकालाई जोडेर आएको समाचार प्रति गाँउपालिकाका अध्यक्ष नरेन्द्र शाहीले गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

आइतबार एक प्रेस बिज्ञप्ती निकाल्दै अध्यक्ष शाहीले गाँउपालिका र जनप्रतिनिधि माथी लगाएका आरोप निराधार भएको बताउदै गाँउपालिका र जनप्रतिनिधिलाई जोडेर केही संचार माध्याममा पूर्वाग्रहपूर्ण, तथ्यहिन र आधारहिन समाचार प्रकाशित भएको प्रति गम्भिर ध्यानाकर्षण भएको बताएका हुन् ।

विज्ञप्तीमा भनिएको छ ‘समृद्ध शिवालय गाउँपालिका निर्माणको लागि र दैनिक प्रशासनिक सेवा प्रवाह प्रभावकारी बनाउन अहोरात्र खटिने गाउँपालिका अध्यक्ष र उपाध्यक्ष लगायत जनप्रतिनिधिहरुको मानमर्दन हुने गरी राजनीतिक पूर्वाग्रह र प्रतिशोध साँध्ने मनसायबाट प्रकाशित भएको समाचारले शिवालय गाउँपालिकाका जनप्रतिनिधिहरुलाई दुखित तुल्याउनुका साथै जनप्रतिनिधिहरु र कर्मचारीका बीचमा कायम भएको समधुर सम्बन्धलाई खलल पु¥याई कोही कसैको व्यक्तिगत र राजनीतिक स्वार्थ पुरा गर्ने उद्देश्यका साथ प्रकाशित उक्त समाचार प्रति शिवालय गाउँपालिका घोर आपत्ति प्रकट गर्दछ ।’

यस्तो छ विज्ञप्ती



  • २५ श्रावण २०७८, सोमबार ०७:४७ प्रकाशित
  • Nabintech