नेपाली सेनाद्धारा श्रेष्ठ, शाह र सोनकार सम्मानित
  • काँचुली खबर

नेपाली सेनाले बाँकेका निज जनालाई सम्मान गरेको छ । भैरब प्रसाद गणको १६४ औ बार्षिक उत्सवको अवसर पारेर उत्तर पश्चिमपृतना हेड क्वाटर, निमारे ब्यारेक सुर्खेतले स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत रामकुमार सोनकार, शिक्षक माधवी शाहलाई सम्मान गरेको हो ।

कोरोना महामारीको समयमा आ-आफ्नो क्षेत्रबाट उत्कृष्ठ कार्य गरेको भन्दै उनिहरुलाई सम्मान गरीएको पृतनापति विज्ञानदेव पाण्डेले जानकारी दिए ।

भैरव प्रसाद गण, राँझाको सभाहलमा सम्पन्न सो कार्यक्रममा नेपाली सेनाका सकलदर्जाका विशिष्ट ब्यक्तीत्व, पृतनापति, गणपती, बाँके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा प्रमुख, अस्पताल प्रमुख, सामाजिक क्षेत्रमा काम गर्ने विशिष्ट व्यक्तीत्वहरुको उपस्थीति रहेको थियो ।

  • २० श्रावण २०७८, बुधबार ०८:२० प्रकाशित
  • Nabintech