आचारसंहिताको पालना गर्न महासंघ बाँकेको अपील
  • काँचुली खबर

नेपाल पत्रकार महासंघ बाँकेले आचारसंहित भित्र रहेर कार्य गर्न सम्पूर्ण पत्रकारलाई अपील गरेको छ । पत्रकार आचारसंहिताको पालना गर्न पटक-पटक अनुरोध गर्दै आइरहेको महासंघ बाँकेले पत्रकार हौं भन्दै पैसाको बार्गेनिङ्ग गरेको अभियोगमा दुई जना पक्राउ परेपछि यस्तो अपील गरेको हो ।

पक्राउ पर्नेमा एबीपी क्राईम न्यूजको सञ्चालक तथा पत्रकार बताउने आशिष मल्ल ठकुरी र सोही अनलाईनको संवाददाता राजन बैश्य रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पत्रकार हुँ भन्दै विभिन्न ब्यक्तिहरुसँग रकम बार्गेनिङ्ग गर्ने कार्यमा संलग्न भएको आरोपमा उनिहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको हो ।

नेपाल पत्रकार महासंघ बाँकेले शुक्रबार प्रेस विज्ञप्ती प्रकाशित गरि पत्रकार हौं भन्दै भन्सार, सीमानाकाहरुमा जाने, मोबाइल क्यामेरा तेर्साउने, राती बिभिन्न सीमा क्षेत्रमा चेकजाँच गर्न जाने र पैसाको बार्गेनिङ्ग गर्ने तर, समाचार नलेख्ने जस्ता कार्य गरेको भनी महासंघ बाँकेमा जनगुनासाहरु धेरै आएकाले त्यस्तो नगर्न र पत्रकार आचारसंहिता भित्र रहेर समाचार संकलन एवं प्रकाशन, प्रशारण गर्न सम्पूर्ण पत्रकारलाई अपील गरेको छ ।

  • १५ श्रावण २०७८, शुक्रबार १६:४१ प्रकाशित
  • Nabintech