पछिल्लो समय अपराधिक घटनामा बालबालिकाको संलग्नता बढ्दै गएको पाईएको छ । बाँके प्रहरीले १३ साउनमा नेपालगन्जमा चोरीको मोबाईलसहित तिन जना बालकलाई नियन्त्रणमा लिएपछि यस्तो तथ्य बाहिर आएको हो ।
असोज ८ गते उनिहरुले नेपालगन्ज उपमहानगरपालिका ४ बसपार्क रोडमा रहेको गौतम ईलेक्ट्रोनिक्स एण्ड मोवाईल सप्लायर्सबाट अन्दाजी १० लाख मुल्य बराबरका मोबाईल र ईलेक्टोनिक्स सामान चोरी गरेका थिए । रातीको समयमा पसलको सटर फोडी बिभिन्न कम्पनीका मोवाईल, घडी, एम.पि. सेट र विभिन्न बैंकहरुको चेक लगायतका सामग्री चोरी गरेर फरार भएका उनिहरुलाई १३ गते बेलुका नेपालगन्जबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी बाँके प्रहरीले उक्त घटनाको बारेमा जानकारी गराएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा नेपालगंज उप-महानगरपालिका वडा नं. ९ बस्ने २४ सुमित शर्मा, वडा नं. १३ का १८ वर्षिय नानु खटिक र सोही ठाँउका १२ वर्षिय एक बालक रहेका छन । उनिहरुको साथबाट प्रहरीले बिभिन्न कम्पनीको ३६ थान मोबाईल, ६ थान घडी र १ थान एम.पि. सेट बरामद गरेको प्रहरीले जनाएको छ ।
१४ श्रावण २०७८, बिहीबार १८:११ प्रकाशित