बिहिबार बाँकेमा कोरोनाका १९ संक्रमित थपिए
  • काँचुली खबर

बाँकेमा कोरोना संक्रमणको ग्राफ फेरी उकालो लागेको छ । केही हप्तासम्म एक अंकमै सिमित भएको कोरोना संक्रमणको दर दुई अंकमा बढेको छ । बाँकेमा बिहीवार थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका दुई वटा प्रयोगशालामा १६४ नमुना परीक्षण गर्दा १९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको प्रयोगशालामा १२८ नमुना परीक्षण गर्दा १५ र कोहलपुर मेडिकल कलेजमा ३६ नमुना परीक्षण गर्दा ४ जनागरी १९ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये बाँकेका ९ जना जना रहेका छन् ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६ सय १३ पुगेको छ । तीमध्ये १७ हजार २ सय ३८ जना निको भएर डिस्चार्ज भएका छन् । आजसम्म बाँकेमा ८८ हजार ७ सय ४१ नमुना परीक्षण भएको छ ।

बाँकेमा हाल १३ जना सिकिस्त बिरामी छन भने १५ जना मध्यम खाले बिरामी छन् । ३ जनाको भने भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।

  • १४ श्रावण २०७८, बिहीबार १६:१९ प्रकाशित
  • Nabintech