छोरीलाई निरन्तर ३ महिने सुई !
  • काँचुली खबर

रोल्पाकी सरला (नाम परिवर्तन) ले अपांगता भएकी आफ्नी १९ वर्षीया छोरीलाई लामो समययता परिवार नियोजनको अस्थायी साधन तीन महिने सुई लगाइदिने गरेकी छन ।

द्वन्द्वकालमा शारीरिक हिंसासमेत खेपेकी सरलाका तीनमध्ये एक छोरी मानसिक रूपले अपांगताको सिकार भएकी छन् । विपन्न परिवारकी उनी दिनभर मजदुरी गर्न गएको समयमा उमेर पुगेकी छोरी जथाभावी हिड्न थालेपछि सावधानी अपनाउँदै उक्त सुई रोज्नुपरेको बताउँछिन् ।

खराब नियत भएका पुरुषहरूको चंगुलमा परेकी छोरीको गत साल गर्भपतन गराउनुपरेपछि सरलाले छोरीका लागि तीन महिने सुई विकल्पका रूपमा रोजेकी हुन् । ‘म दिनभर मजदुरी गर्न जान्छु । छोरी एक्लै यताउति हिँड्छे । पोहर कुन चाहि पापीले छोरीमाथि जथाभाबी गरेछ । जसोतसो अस्पताल लगेर बच्चा फाल्नुपर्यो,’ उनी भन्छिन्, ‘दिशा, पिसाब र महिनावारीसमेत स्याहार्न नसक्ने छोरीलाई मन दुखाएर भए पनि तीनमहिने सुई लाइदिने गरेकी छु ।’ आजको नागरिक दैनिकमा खबर रहेको छ ।

  • १४ श्रावण २०७८, बिहीबार १५:०५ प्रकाशित
  • Nabintech