प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मा
  • काँचुली खबर

सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् । अवकाशको एक महीना अघि बिदा बस्ने परम्परा अनुरुप उनले २४ साउनबाट बिदा बस्ने तयारी गरेका थिए ।

थापाको औपचारिक विदाइ भने २५ भदौमा हुनेछ ।

  • १२ श्रावण २०७८, मंगलवार १८:१२ प्रकाशित
  • Nabintech