११ बैशाख २०८१, मंगलवार
साँसद अथकले उठाए सार्वजनिक सरोकारका मुद्धाहरु
  • काँचुली खबर

सांसद महेश्वर गहतराज (अथक) ले विहिवारको प्रतिनिधि सभा बैठकमा सांसद खगराज अधिकारीले राखेको सार्वजनिक महत्वको प्रस्तावको समर्थन गरेका छन । उनले जनताका योजनहरू धराप पर्ने अवस्था नयाँ बजेटले ल्याएको बताउादै भने, सरकारले वजेट त तल पठायो तर त्यो सँग सबन्धित पैसा र जनशत्ति पठाउन सकेन जसले गर्दा योजना कार्यन्यन हुनेमा ढुक्क हुनुपर्ने अवस्था रहेन ।
निर्माण व्यवसायीहरूले जवरजस्ति ठेक्का कब्जा गर्ने सिन्डिकेट प्रणालिको अन्त्य गरि सरकारले उपयुक्त बाटो बनाउनु पर्ने र बिकाशको गतिलार्इ तीब्र गतिमा अगाडि बढाउनु पर्ने बताउँदै सँसद अथकले त्यसो गर्न नसकीय जनताका र्इच्छा चाहाना पुरा नहुने अवस्थाको सृजना हुनेमा आशंका ब्यक्त गरे ।

त्यसैगरि एक सरकारले शुरु गरेको आयोजना अर्को सरकारले अविछिन्न रुपमा सम्पन्न गर्नुपर्ने र निर्माणाधीन आयोजनालाई बेवारिसे अवस्थामा छोड्न नपाउने गरि निति तय गर्नसमेत साँसद अथकले जोडदार माग गरेका छन । कुनै पनि खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइसम्बन्धी आयोजना सम्पन्न गरी हस्तान्तरण गरेपछि मात्र नयाँ आयोजना शुरु गर्दा उपयुक्त हुने अथकले बताए ।

  • १४ असार २०७५, बिहीबार २२:५२ प्रकाशित
  • Nabintech