लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने
  • काँचुली खबर

?kGb]xL, !% dªl;/ M n'lDagL k|b]z ;/sf/sf k|jQmf Pj+ ef}lts k"jf{wf/ ljsf;dGqL a}hgfy rf}w/L ;f]daf/ dlGqkl/ifb a}7saf/] hfgsf/L lbFb} . t:jL/ M lg/f uf}td, /f;;

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले सरकारले विश्वासको मत लिने बताएका छन् । मंगलबार मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले विपक्षी दलहरुले सरकार अल्पमतमा रहेको र अवैधानिक रहेको आरोप लगाइरहेकाले सरकारले विश्वासको मत लिएर वैधानिक बन्ने बताए ।

मन्त्री चौधरीले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाए पनि प्रदेश सरकारलाई फरक नपर्ने बताए । जसपाकी सांसद पुर्मति ढेंगामगरलाई सत्ता पक्षले नलुकाएको दाबी गर्दै मन्त्री चौधरीले सरकार गैरसंसदीय खेलमा नलाग्ने बताए ।

यसैबीच लुम्बिनी प्रदेश सरकारले बालविवाह अन्त्यको लागि लुम्बिनी प्रदेशको रणनीति स्वीकृति प्रदान गरेको छ । यस्तै प्रदेश खेलकुद विकास नियमावली-२०७८ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले बताए ।

  • १२ श्रावण २०७८, मंगलवार १५:५८ प्रकाशित
  • Nabintech