कोहलपुरमा माओवादी केन्द्रको ‘स्कुलिङ’ सुरु
  • काँचुली खबर

नेकपा माओवादी केन्द्र कोहलपुरले एक हप्ते कार्यकर्ता स्कुलीङ (प्रशिक्षण तालिम) सुरु गरेको छ ।

आईबार देखि सुरु भएको स्कुलिङ १६ गतेसम्म सञ्चालन हुने माओवादी केन्द्र कोहलपुरका सचिव बल बहादुर खड्का अबिरलले जानकारी दिए ।

स्कुलिङमा कोहलपुर नगर क्षेत्रका ८० बढि वडा स्तरीय कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

प्रशिक्षण कार्यक्रममा माक्र्सवादी शिक्षा दिईने नेकपा माओवादी केन्द्र कोहलपुरका अध्यक्ष तुला राज बिष्ट बिहानिले जानकारी दिए ।

आईत्बार बिहान प्रशिक्षण कार्यक्रमको सुरुवात गदै माओवादी बाँकेका अध्यक्ष आई पि खरेलले सिद्धान्तनिष्ट कार्यकर्ता निर्माणमा स्कुलिङ सहयोगी हुने धारणा राखे । उनले माओवादीमा बैचारीक धार कमजोर भयो भन्ने चिन्ता भईरहेकाले बिचारस्तर उकास्न स्कुलीङ सहयोगी हुने धारणा राखे ।

स्कुलिङ कार्यक्रममा बोल्दै माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानले प्रशिक्षण कार्यक्रमले कार्यक्रर्तामा नयाँ उर्जा थपिएको धारणा राखे । उक्त अभियान वडा हुदै सेल कमिटीसंम्म लगिने धारणा राखे । आईतबार सहभागीहरुलाई अर्जुन पौडेल, तप्त राज आचार्य लगायतले प्रशिक्षण दिएका थिए ।

  • ११ श्रावण २०७८, सोमबार ०८:५८ प्रकाशित
  • Nabintech