माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन ओली तयार
  • काँचुली खबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताएका छन् । तर नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेपछि सहमति नभएको उनले बताए ।

पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गरेका ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो रहेको बताए । ‘अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ’ उनले भने, ‘१० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छु ।’

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

पार्टीमा एकता कायम भए सबै संरचनाहरु ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुने समते उनले बताए । नेता नेपालले पार्टी एकताका लागि आफूलाई दोस्रो अध्यक्ष बनाउनुपर्ने माग राखेको र आफूले कार्यदलका सदस्यहरुलाई त्यसका लागि तयार छु भनेको उनले सुनाए ।

‘मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु’ ओलीले भने, यतिभन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बाहना खोजिएको छ ।’

ओलीले अघि भने, ‘केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन् । हामीलाई पार्टीबाट निकाल्न ?’ उनले केन्द्रीय कमिटीमा बहुमत दिनुपर्ने माग मान्न तयार नभएको प्रष्ट पारे ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु अनैतिक, अराजनीतिक र आपराधिक कार्य भएको बताए । उनले अघि भने, ‘तर पनि मैले फिँजमा भए पनि केही घिउ लागिहाल्छ कि भनेर मही मथेको मथ्यै छु । म थाकेको छैन कमरेडहरु । एकताका लागि कुनै कञ्जुस्याइँ गरिएको छैन, गरिने छैन ।’ अनलाईनखबरबाट

  • ६ श्रावण २०७८, बुधबार २२:४५ प्रकाशित
  • Nabintech