कोहलपुरमा ‘संघर्ष रोज सेनेटरी उद्योग’ संचालन
  • काँचुली खबर

बाँकेको कोहलपुर नगरपालिका २ स्थित संघर्ष दलित महिला बचत तथा ॠण सहकारी संस्थाले बुधबारबाट ‘संघर्ष रोज सेनेटरी उद्योग’ संचालनमा ल्याएको छ । उद्योगको कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत र जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले सहकारीले नयाँ आयामका साथ कोहलपुरमा सेनेटरी प्याड उत्पादन गर्न लागिएको खुसीको कुरा भएको बताउदै नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले बाँकेमा सहकारीहरु उत्पादनमा जोडिदै गइरहेको समयमा संघर्ष सहकारीले थप नयाँ इटा थपेको बताउदै सहकारीको उत्पादनलाई बजारीकरण गर्ने प्रबन्ध मिलाइने बताए ।
कार्यक्रममा रोज ग्रुप अफ काठमाडौका प्रबन्ध निर्देशक माधव प्रसाद भन्डारीले संघर्ष रोज ग्रुपले उत्पादन गरेको सेनेटरी प्याड गुणस्तरीय भएको बताउदै सरकारले हरेक विद्यालयका किशोरीहरुलाई गुणस्तरीय सेनेटरी प्याडको सुलभ व्यवस्थापन मिलाउनु पर्ने बताए ।

रोज ग्रुप काठमाडौसँगको सहकार्यमा संघर्ष ग्रुपले कोहलपुरमा सेनेटरी प्याड उत्पादन बजारीकरण गर्न लागिएको सहकारीकी व्यवस्थापक तुलसी सुनारले जानकारी दिइन ।

सहकारीकी अध्यक्ष शितला परियारको सभापतित्वमा सप्पन्न कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष गोपी प्रसाद खनाल, वडा नं. ३ का वडाध्यक्ष माधव रिजाल, वडा दलित सेवा संघका केन्द्रिय अध्यक्ष इश्वरी विश्वकर्मा लगायतले आफ्ना भनाइ राखेका थिए ।

  • ६ श्रावण २०७८, बुधबार २०:३४ प्रकाशित
  • Nabintech