केपी ओली नेतृत्वको सरकार ढलेसँगै जनता समाजवादी पार्टी नेपाल (जसपा) महन्थ ठाकुर पक्षमा त्यसको ‘साइडइफेक्ट’ देखिन थालेको छ । ठाकुर पक्ष ओली नेतृत्वको सरकारमा सहभागी भएपछि सो पार्टीमा दुई पक्षीय विवाद उग्र बनेको थियो भने सरकार परिवर्तन लगत्तै भने ठाकुर पक्षका केही सांसदले पनि उनको साथ छाडेर नयाँ समूह निर्माण गरेका छन् ।
ठाकुर समूहबाट विद्रोह गरेर छुट्टै समूह बनाएकाहरुले जसपाको दुबै पक्ष (ठाकुर र उपेन्द्र यादव) ले बोलाएको बैठकमा अनुपस्थित हुने नीति बनाएका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यसरी छुट्टै समूह बनाउनेमा महन्थ ठाकुर पक्षका प्रतिनिधिसभा सदस्यहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, नरमाया, रुही नाज, रामदुलारी खतवनीलगायत रहेका छन् ।
पार्टी र मधेश आन्दोलन र मुद्दाप्रति समर्पितलाई पार्टीमा किनारा लगाई ठाकुर र राजेन्द्र महतोहरूले आफू निकटलाई अगाडि बढाउन खोजेको उनीहरुको गुनासो छ । ओली नेतृत्वको सरकारमा सहभागी हुँदादेखि नै असन्तुष्ट उनीहरु पछिल्लो समय खुलेरै नयाँ समूह निर्माणमा होमिएका हुन् ।
२ श्रावण २०७८, शनिबार १४:२७ प्रकाशित