विकासप्रेमी नेता ‘अथक’ मन्त्री बन्दै
  • काँचुली खबर

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा चहलपहल बढेको छ । पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाउने जिम्मा पार्टीले अध्यक्ष प्रचण्डलाई दिएसँगै उनको निवासमा चहल पहल बढेको हो ।

देउवा सरकारमा अहिले माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् । सरकारमा कुन पार्टीले कुन कुन र कतिवटा मन्त्रालय लिने भन्ने विषय टुंगो लागेको छैन । तर, हालसम्म कांग्रेस ८, माओवादीले ७ र बाँकी जनता समाजवादी पार्टी र जनमोर्चासहित माधव नेपाल पक्ष सरकारमा आएको खण्डमा दिने तयारी छ ।

यसअनुसार माओवादीबाट अब ५ जना मन्त्री बन्नेछन । माओवादीका अध्यक्ष प्रचण्डको निवास पुग्नेहरु अहिले मन्त्री पदकालागि लबिङ गरीरहेका छन । जसमध्ये बाँकेका साँसद महेश्वर गहतराज अथकको नाम समेत चर्चामा रहेको छ ।

बाँके निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अथकलाई दलित कोटाबाट मन्त्रिमण्डमा सहभागी गराउने तयारी भईरहेको छ । जिल्लावासीको चाहना र पार्टीभित्रै समेत अथकलाई देउवा सरकारको मन्त्रीमण्डलमा सहभागी गराउनुपर्ने आजाव उठिरहेको छ । पश्चिम नेपालको प्रतिनिधित्व हुनेगरी अथकलाई मन्त्री पाउनेमा बाँकेवासीहरु ढुक्क छन ।

तर सो विषयमा पार्टीले निर्णय लिने भन्दै अध्यक्ष प्रचण्डले कसैलाई आश्वासन दिएका छैनन् ।

माओवादीले अहिलेको सरकारमा खड्गप्रसाद ओली नेतृत्वको सरकारमा सहभागी नभएकाहरुमध्येबाटै मन्त्री बनाउने विधि बनाएका छन् । बाँकी मन्त्रालयमध्ये कुन पार्टीले कुन मन्त्रालय सम्हाल्ने भन्ने विषयमा भने गृहकार्य भइरहेको छ ।

  • १ श्रावण २०७८, शुक्रबार १८:४१ प्रकाशित
  • Nabintech