कालिकोटका अग्नी पिडितलाई खाद्यान्न सहयोग
  • काँचुली खबर

कोहलपुर ग्यालरीले कालिकोटका आगलागी पिडित घरपरीवारलाई खाद्यान्न सहयोग गरेको छ । कालिकोटको दलित वस्तीमा भएको आगलागीबाट विस्थापीत भएका १४ परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरीएको फेसबुक ग्रुप कोहलपुर ग्यालरीले जनाएको छ ।

कोहलपुर ग्यालरीले कोहलपुरका विभिन्न स्थानमा बस्दै आएका दिनदुखी, एकल महिला, असहाय एवं विपन्न घरपरिवारलाई खाद्यान्न वितरण गर्दै आएको छ । जसअन्तर्गत कालिकोटका अग्नी पिडितलाई प्रति घरपरिवार २५ किलो मसिनो चामल, ३ किलो दाल, २ किलो चना, १ लिटर तेल र २ प्याकेट नुन वितरण गरिएको ग्यालरीका एड्मीन सरोज राज शाहीले जानकारी दिए ।

ग्यालरीले अस्ट्रेलियामा बस्दै आएका समाजसेवी युवाहरुको सहयोगमा विगतदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको र स्वतस्फुर्त रुपमा सामाजिक सेवाभावका साथ विभिन्न आर्थिक, सामाजिक कारणले थला परेका वर्ग एवं समुदायसम्म पुगि राहत स्वरुप खाद्यन्न सामाग्रीहरु, एकल महिला तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने शाहीले बताए । ग्यालरीले आवश्यक साथ सहयोग र सहकार्यका लागि सबैलाई आह्वान समेत गरेको छ ।

  • १ श्रावण २०७८, शुक्रबार १७:५७ प्रकाशित
  • Nabintech