वीरेन्द्रनगर नगरपालिका-६ पिपलचौतारा नजिक एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । उनको बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे दिउँसो ४ बजेपछि मात्रै विवरण आउने आउन सक्ने जिल्ला प्रहरीका कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए ।
यस्तै, वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थानका २६ वर्षीय दीपक गौतम मृत फेला परेका छन् । असार २२ गतेदेखि सम्पर्कविहीन दीपक असार २६ गते दिउँसो १ बजे वीरेन्द्रनगर नगरपालिका-२ को एक सामुदायिक वनमा मृत फेला परेको प्रहरी नायव उपरीक्षक मगरले जानकारी दिए ।
‘उनलाई खोजी गर्दा असार २६ गते मृत अजस्थामा फेला पारेका हुन्,’ उनले भने, ‘रुखमा डोरीको पासो लगाई उक्त डोरी चुडिएर भुइँमा खसेको अवस्थामा भेटिएका हुन् । बाहिर त्यस्तो कुनै चोटपटक लागेको देखिँदैन् ।’
उनको शव आइतबार परिवारले अन्त्येष्टि गरिसकेका छन् । गौतम हुलाक कार्यालय सुर्खेतमा कार्यरत कर्मचारी हुन् । गौतमले आत्महत्या गरेका हुन् वा कसैले हत्या गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मगरले बताए ।
२८ असार २०७८, सोमबार १४:१० प्रकाशित