नेकपाको रक्तदानमा ४५ पिन्ट रगत संकलन
  • काँचुली खबर

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार नेपालगन्ज मेडिकल कलेज कोहलपुरभित्र रहेको रक्तसन्चार केन्द्रमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

कोरोना महामारी पछी बाँकेमा देखिएको रगतको चरम अभावलाई मध्यनगर गर्दै ‘बैज्ञानिक समाजवादका लागी स्वयंसेवक अभियान’ अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको नेकपाले जनाएको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

रेडक्रश मार्फत बिरामीहरूलाई आवश्यक रगत अभाव भएको जानकारी प्राप्त भएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको उक्त पार्टीका बाँकेका जिल्ला सेक्रेटरी अनिलले जानकारी दिए ।

आफ्नो पार्टीले बिगत देखी नै जनसेवाका कामहरू निरन्तर गर्दै आइरहेको र आगामी दिनहरूमा पनी अभियानात्मक रूपमा निरन्तर सेवामुलक कामहरू गर्दै जाने उनले बताए ।

रक्तदान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सरकारसँगको वार्ता टोलीका सदस्य, हाल बाँके बर्दिया जिल्ला इन्चार्ज समेत रहेका उदय बहादुर चलाउने ‘दिपक’, बाँके जिल्ला सेक्रेटरी अनिल, अखिल (क्रान्तिकारी), केन्द्रीय सदस्य प्रेम बहादुर शाही, युवा संगठन नेपालका केन्द्रीय सदस्य बिष्णु जिसी, अखिल (क्रान्तिकारी) बाँके जिल्ला अध्यक्ष डिबी शाही, अनेमसंघ क्रान्तिकारी जिल्ला अध्यक्ष कल्पना रोकाय, युवा संगठन नेपाल जिल्ला अध्यक्ष दिपक बुढाथोकी लगायतका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ४५ पिन्ट रगत संकलन भएको रक्तसन्चार केन्द्र बाँके अन्तर्गतको कोहलपुर शाखा प्रमुख राजेन्द्र महतराले जानकारी दिए ।

  • २७ असार २०७८, आईतवार ०९:३७ प्रकाशित
  • Nabintech