देशकै कान्छो बाँके राष्ट्रिय निकुञ्जले स्थापनाको एक दशक पुरा गरेको छ । २८ असार २०६७ मा स्थापना भएको निकुञ्जले यसबिचमा धेरै पुर्वाधारको विकास गरेको छ । बाघ संरक्षण क्षेत्रका रुपमा स्थापना भएको निकुञ्जले बितेका १० वर्ष भौतिक तथा पर्यावरणीय पुर्वाधार निर्माणमै समय खर्चिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाह बताउँछन । ‘देशकै कान्छो निकुञ्ज भएकाले केही समय जैविक पर्यावरण बचाउन समय खर्चिऔं, अब हामी पर्यटकलाई स्वागत गर्न सक्षम भईसकेका छौ’ शाहले भने ।
शनिबार बाँकेका पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै शाहले जैविक विविधतामा बाँके निकुञ्ज देशभरमै उत्कृष्ट भएको बताए । मुख्यतया बाघ संरक्षणकालागि स्थापना गरीएको बाँके निकुञ्जमा छोटो समयमै बाघको सँख्यामा उल्लेख्य बृद्धि भएको उल्लेख गर्दै शाहले निकुञ्जलाई पर्यटकीय हवका रुपमा बिकास गर्न हरसम्भव प्रयास भईरहेको जानकारी दिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अन्तरक्रिया कार्यक्रममा सहभागी संचारकर्मीहरुले बाँके राष्ट्रिय निकुञ्जको प्रचारप्रसारकालागि संचारमाध्यमको ब्यापक प्रयोग गर्न सुझाव दिएका थिए । सबै दृष्टिकोणबाट उपर्युक्त स्थानमा रहेको निकुञ्जको प्रयाप्त प्रचारप्रसार हुन नसक्दा आन्तरीक तथा बाह्य पर्यटक भित्राउन नसकिएको तर्फ ईगित गर्दै संचारकर्मीहरुले वार्षिक कार्ययोजना बनाएरै बाँके राष्ट्रिय निकुञ्जको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले पर्यटन पवद्र्धनमा संचारमाध्यमको भुमिका प्रभावकारी हुने बताए । संचारमाध्यमसँगै निजि क्षेत्र तथा पर्यटन ब्यवसायीलाई समेत पर्यटनसँग सम्बन्धित गतिविधिहरुमा प्रत्यक्ष रुपमा सहभागी गराउँदै वार्षिय योजना तर्जुमा गर्नुपर्नेमा श्रेष्ठले जोड दिए ।
कार्यक्रमका सभापती तथा मध्यवर्ती क्षेत्र ब्यवसपन समितिका अध्यक्ष गेहेन्द्र खड्काले निकुञ्जले पर्यटन प्रवद्र्धनकासाथै मानिस र जङ्गली जनावर बिचको द्धन्द्ध न्युनिकरणमा समेत ध्यान दिनुपर्ने बताए । निकुञ्ज अन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रका स्थानियहरुले प्रकृतीसँगै समृद्धिको आशमा वर्षौदेखी जोखिम मोलेर निकुञ्जको संरक्षण गर्दै आईरहेको जिकिर गर्दै खड्काले त्यस क्षेत्रका स्थानियहरुको सिप बिकासमा समेत निकुञ्जले पहल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा, नाटा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल, पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष रुद्र सुवेदी, पर्यटन ब्यवसायी कृष्ण चौधरीलगाएतले बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकीय हवका रुपमा विकास गर्न सबै पक्षसँग समन्वय तथा सहकार्य आवश्यक रहेको बताएका थिए ।
नेपाल सरकारको १०० गन्तव्य मध्य बाँके राष्ट्रिय निकुञ्ज ५७ स्थानमा रहेको छ । बाघ, चौका, हात्ति, हाब्रे, अजिङ्गर, सुन गोहोरो लगाएत ६१ स्तनधारी प्रजाती, ५१३ पन्छी प्रजाती, ४२ घस्रने प्रजाती र १२१ माछा प्रजाती पाईने बाँके राष्ट्रिय निकुञ्ज पर्यटनकालागि प्रचुर सम्भावना रहेको क्षेत्र हो । कूल क्षेत्रफल ५ सय ५० वर्गकिलोमिटरमा फैलिएको निकुञ्ज बाँके सल्यान र दाङ जिल्लाका भूभाग समेटीएको छभने ३ सय ३० किलोमिटर भूभाग मध्यवर्ती क्षेत्रसँग जोडिएको छ ।
२६ असार २०७८, शनिबार २०:११ प्रकाशित