कैलाली टीकापुर-१, मनुवारोडका साढे ३ वर्षका बालक विवेक विष्टको हत्यामा संलग्न भएको भन्दै दुई किशोरीलाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाली प्रहरीले आज पत्रकार सम्मेलन गर्दै १५ वर्षीया किशोरी र उनकी साथी (१४ वर्षीया)लाई पक्राउ गरेको जानकारी गराएको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रहरीका अनुसार बालककी दिदी नाता पर्ने (१५ वर्षीया) ले हत्या गरेको स्वीकार गरेकी छन् ।
प्रहरीका अनुसार दिदीले असार २१ गते बिहान ११ बजे विवेकलाई जामुन खान भन्दै घरबाट लिएर गएकी थिइन् । घरबाट करिब आधा किलोमिटर उत्तरतर्फ रहेको जमरा कुलोमा लगेर उनले बालकको खुट्टामा लगाएका चाँदीका दुई वटा बाला निकाली धक्का दिएर हत्या गरेको अनुसन्धानबाट खुलेको कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
ती किशोरीले चाँदीको बाला साथीलाई राख्न दिएकी थिइन् । त्यसपछि भ्रम सिर्जना गर्न साथीको घरबाट किताब लगेको र सो साथीसँग बजार गई बाला बेच्ने प्रयास गरेको पनि खुल्न आएको प्रहरीको भनाइ छ ।
उनले पहिले प्रहरी सामु आफूहरूले जामुन नभेटेको र घर जाउँ भन्दा भाइले आफन्तको घरमा खेल्न जान्छु भनेर जिद्दी गरेकाले त्यही छोडेको बताएकी थिइन् ।
असार २१ गते हराएका बालकको २३ गते साँझ साढे ५ बजे घटनास्थलभन्दा पाँच किलोमिटर तल टीकापुर-४ को घोयली उपभोक्ता वनस्थित जमरा कुलो किनारमा घोप्टो परेको अवस्थामा शव फेला परेको थियो ।
घटना घट्नुको कारण भने खुलीसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२४ असार २०७८, बिहीबार १८:१७ प्रकाशित