टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण सार्वजनिक
  • काँचुली खबर

विश्वव्यापी रूपमा प्रतिष्ठित दुई पाङ्ग्रे र तीन पाङ्ग्रे गाडी निर्माता टिभीएस मोटर कम्पनीले नेपालमा मार्भल्स अभेन्जर्सबाट प्रेरित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण सार्वजनिक गरेको छ । कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँंग सहकार्य गरेर टिभीएस एनटर्क १२५ को आइकोनिक मार्भल सुपर हिरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कूटर विशेष सुपरस्क्वाड संस्करणको बिक्री शुरु गरेको हो ।

नेपालगन्ज कारकाँदो स्थित कम्पनीको अधिकृत विक्रेता ग्रेस एण्ड ग्लोबल ट्रेडिङ कम्पनीको शो रुममा पनि नेपालमै पहिलो ब्लुटुथ कनेक्टेड स्कूटरको बिक्रीको वरिष्ठ पत्रकार पूर्ण लाल चुके र कम्पनीका सञ्चालक रण बहादु शाहीले संयुक्त रुपमा शुभारम्भ गरेका हुन ।

उक्त अवसरमा प्रमुख अतिथि चुकेले नेपालगन्जका युवा व्यवसायीहरुको समूहले गत वर्षको कार्तिक महिनामा सञ्चालन गरेको व्यवसायिक प्रतिष्ठानले बजारमा नयाँ मोडेल र सुविधायुक्त अत्याधुनिक स्कुटरको बजारीकरणमा सफलताको कामना गरे ।

कम्पनीका अध्यक्ष विशाल श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रममा कम्पनीका प्रवन्धक विजय चापागाईले सुपरस्क्वाड संस्करणको विशेषताका बारेमा प्रकाश पार्दै उक्त स्कुटरमा आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आर्कषक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक र कम्ब्याट ब्लूमा उपलब्ध छन् भन्दै यो संस्करणले उत्पादनको डिजाइन मार्फत प्रत्येक मार्भल सुपर हिरोसँग सम्बन्धित उत्तम सुक्ष्म भेदहरु ल्याउने जानकारी दिए ।

नेपालको प्रमुख बिक्रेता टिभीएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसले देशभर एकै पटक बुधवार शुभारम्भ गरेको हो ।

  • २४ असार २०७८, बिहीबार १२:४६ प्रकाशित
  • Nabintech