अभिनेत्री सुहाना थापा फिल्ममा आउनुभन्दा अगाडि अमेरिकामै बसेर अध्ययन गर्दै आइरहेकी थिइन् । उनी सानै उमेरदेखि त्यहाँ बसेर पढ्न थालेकी हुन् । फिल्म ‘ए मेरो हजुर ३’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेपछि भने उनको नेपाल र अमेरिका आउजाउ बाक्लै रुपमा हुने गरेको छ । अमेरिकाको नोभा कलेजबाट अहिले उनले मनोविज्ञान (फिजियोलोजी) मा स्नातक गरिरहेकी छन् ।
गत वर्ष कोरोना महामारी फैलिनुभन्दा अगाडि उनी फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनका लागि नेपाल आएकी थिइन् । तर, कोरोनाका कारण लकडाउन भएपछि फिल्मको छायांकन अधुरैमा रोकियो । यसपछि उनी महामारीकै बीचमा अध्ययनका लागि अमेरिका उडिन् । गत फागुनमा फिल्मको बाँकी छायांकनका लागि नेपाल आएकी उनी अहिले माता-पितासँग अमेरिकामा छिन् ।

कोरोनाको दोस्रो चरणको महामारी फैलिन नदिन सरकारले अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेपछि थापा परिवार हतारमा अमेरिका प्रस्थान गरेको थियो । फिल्मको सम्पूर्ण छायांकन सकिएकाले अब उनीहरु अन्तर्राष्ट्रिय उडान खुल्ला भएपछि मात्र नेपाल फर्किने तयारीमा छन् । अहिले सुहाना माता-पितासँग अमेरिकामा ‘क्वालिटी टाइम’ बिताइरहेकी छन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

मंगलवार झरना थापाले आफ्नो फेसबुकमा छोरीको घुमघामका तस्विर शेयर गरेकी छन्, जसमा सुहाना बोल्ड अवतारमा देखिएकी छन् । डेब्यू फिल्मबाटै स्टारको रुपमा उदाएकी उनी ‘ए मेरो हजुर ४’ को रिलिजको पखाईमा छिन् । भदौ १८ गतेलाई फिल्मको रिलिज मिति घोषणा गरिए पनि कोरोनाका कारण यो सम्भव हुने देखिन्न । किनकि, फिल्मको टेबुलको काम नै सकिएको छैन ।

२३ असार २०७८, बुधबार १९:२५ प्रकाशित