नेपालकै दोस्रो लामो पुलका रुपमा रहेको दाङको सिसहनिया पुलमा बाढिले क्षती पुर्याएको छ । लगातारको वर्षातपछि आएको बाढिले राप्ती गाउँपालिका र गढवा गाउँपालिकाको महादेवा र सिसहनिया जोड्ने राप्तीनदीको पक्की पुल नजिकै सडकको भाग भत्काएको हो । पुलसँगै जोडिएको हुलाकी मार्गको कालोपत्रेको केहि भाग भत्किएको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको टोलीले उक्त पुलको अनुगमन गरेका छ । अनुगमन पछि सामाजिक संजाल फेसबुकमा क्षतीग्रस्त पुलको तस्बिर सार्वजनिक गर्दै कुरुम्वाङले तत्काल पुनको मर्मत गर्न सडक डिभिजन कार्यालय नेपालगन्जलाई अनुरोध गरेका छन ।
गएको माघमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुलको उद्घाटन गरेका थिए । राप्ती गाउँपालिका र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी निर्माण गरीएको नेपालकै दोस्रो लामो पक्की पुलको लम्बाइ ८६० मिटर रहेको छ भने चौडाइ साढे १० मिटर रहेको छ ।
तस्बिर : राम बहादुर कुरुम्वाङको फेसबुकबाट
२३ असार २०७८, बुधबार १६:१२ प्रकाशित