सडक बत्तिले उज्यालियो ढकेरी बजार
  • काँचुली खबर

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ स्थित ढकेरी बजार क्षेत्रमा सडक बत्ति जडान गरीएको छ । स्थानिय पेट्रोल पम्पदेखी बजार क्षेत्रसम्म सोमबार देखि सडक बत्ति बलेको हो ।

सडक बत्तीको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का जेष्ठ वडा सदस्य पुर्ण बहादुर वलीले उद्घाटन गरेका छ्न । वलीले ढकेरी बजार पुर्व पश्चिम राजमार्गमा पर्ने राम्रो होटल व्यवसाय संचालन भएको बजार भएको र यस क्षेत्रमा मानिसहरूको आवतजावत भईरहने हुँदा सडक बत्ती आवश्यक रहेकोले सडक बत्ति जडान गरिएको बताए । त्यस्तै उनले आगामी आर्थिक वर्षमा थप सडक बत्ती जडान गर्ने लक्ष्य रहेको बताए ।

राप्तीसोनारी गाउँपालिका ९ नम्बर वडा कार्यालयको २ लाख रुपैयाँको लागतमा ढकेरी बजार व्यवस्थापन समितिले ढकेरी चोक देखि वनस्पति उद्दानसम्म २२ वटा सडक बत्ति जडान गरेको समितिका अध्यक्ष सोहनलाल थारुले जानकारी दिए । त्यस्तै समितिका निवर्तमान अध्यक्ष विश्वराज खनालले ढकेरी बजारको फोहोर व्यवस्थापन र बाँकी रहेको सडक बत्तीका लागि वडा कार्यालय आग्रह गरेको बताए ।

यस अघि ढकेरी बजार व्यवस्थापन समितिले ढकेरीका ३ स्थानमा हाइमास्ट लाइट जडान गरिसकेको छ ।

  • २१ असार २०७८, सोमबार २२:०० प्रकाशित
  • Nabintech