बाँकेमा निषेधाज्ञाको अवधि बढाईएको छ । जिल्लामा कोरोना भाईरस संक्रमणको जोखिम कायमै रहेको भन्दै थप एक सातासम्म निषेधाज्ञा थपिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवरा गेलालद्धारा सोमबार एक सुचना जारी गर्दै निषेधाज्ञा थप गरिएता पनि केहि फेरबदल भएको र बाँकी सबै यस अघिकै नियम अनुसार नै कायम गरीएको जनाएका हुन । नयाँ सुचना अनुसार बाँकेमा असार ३१ गतेसम्म निषेधाज्ञा थपिएको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बाँकेमा सवारीसाधनहरु संचालनकालागि जोर-बिजोर प्रणाली लागु गरीएको छ भने सार्वजनिक सवारीसाधन संचालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सीट क्षमता भन्दा बढी संख्यामा यात्रु राख्न नपाईने भएको छ ।
त्यसैगरी, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने मापदण्ड तोकिएको छ । सार्वजनिक सवारी साधन बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म मात्र संचालन गर्न दिइएको हो ।

२१ असार २०७८, सोमबार १६:११ प्रकाशित