पत्रकार महासंघ बाँकेले बाँकेका सबै पत्रकारहरुलाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । आईतबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई भेटेर पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले कोभिड बिरुद्धको अभियानमा फ्रन्टलाइनमा रहेर काम गरेका पत्रकारहरुलाई सहजरुपमा खोप उपलब्ध गराउन माग गरेका हुन ।
त्यसक्रममा प्रमुख जिल्ला अधिकारी गेलालले फ्रन्टलाइनर तथा सबै नेपालीलाई खोप उपलब्ध गराउने तर्फ आफुहरु संवेदनशिल भएको बताउँदै महासंघको मागप्रति ध्यानार्कषण भएको बताएका थिए ।
महासंघ बाँकेको पहलमा यसअघि बिभिन्न चरणमा बाँकेका केही पत्रकारहरुले खोप लगाएपनि अधिकाशंले खोपबाट बञ्चित हुँदै आएको भन्दै महासंघ बाँकेले तत्काल खोपको ब्यवस्था मिलाउन माग गरेको हो ।
२० असार २०७८, आईतवार १५:२१ प्रकाशित