सामाजिक सुरक्षा कोष बिरुद्ध बाँकेको कोेहलपुरका बैंकका कर्मचारीहरु सडक आन्दोलनमै उत्रिएका छन् । आफ्ना मागहरू पूरा नगरेको भन्दै आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको बैंकिङ कर्मचारीहरु बताउँछन् । आईतबार बिहान कोहलपुर बैंकर क्लवको अगुवाईमा सडकमा प्रदर्शन गरीएको क्लवका प्रवक्ता बसन्त रेग्मीले बताए ।
नेपालगन्जका बैंकिङ कर्मचारीहरुहरुले पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । शुक्रबार नेपालगन्जको सिद्धार्थ बैंक अगाडि कर्मचारीहरुले कालो ब्यानर टागेर विरोध प्रदर्शन गरेका थिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कोषले असार मसान्तभित्र आवद्ध हुन सार्वजनिक सूचना निकालेपछि कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन् । विद्यमान व्यवस्थाहरु संशोधन नभएसम्म कोषमा आवद्ध हुन नसकिने भन्दै कर्मचारीहरुले आफ्नो कार्यालय अगाडि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाम्रो असहमति किन रु भन्ने ब्यानर राखेका प्रदर्शन गरेका छन् ।

आईएलओ अभिसन्धि १९४९ (नं.९८), नागरिकको मौलिक हक, श्रम ऐनको मर्म विपरित बैक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुको ‘राइट टू अर्गनाइजेसन एण्ड राइट टू कलेक्टीभ बार्गेनिङ’ गर्न पाउने हक कुण्ठित हुनेगरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएकोले तथा खाइपाई आएको सेवासुविधा घट्ने र तीन दशक लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्ने भएकोले आन्दोलनमा उत्रनु परेको बैंकिङ कर्मचारीको गुनासो रहेको छ ।
२० असार २०७८, आईतवार १४:४८ प्रकाशित