एमालेमा बादलसहितका नेताको जिम्मेवारी तोकियो
  • काँचुली खबर

नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठकले साङ्गठनिक निर्णयहरु गरेको छ । बालुवाटारमा शनिबार बसेको बैठकले विधान महाधिवेशन साउन २५-२७ काठमाडौँमा गर्ने गरेको छ ।

पार्टी सदस्यता नवीकरण असार मसान्तसम्म गर्ने र केन्द्रीय कार्यालय अन्तिम नामावली साउन ५ गतेसम्म दिने बैठकले निर्णय गरेको हो ।

महाधिवेशनका लागि अध्यक्ष केपी ओलीलाई राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेललाई साङ्गठनिक, उपमहासचिव विष्णु पौडेललाई विधान र नेता रामबहादुर थापा बादललाई व्यवस्थापनको जिम्मेवारीमा तोकिएको छ ।

बैठकले भदौ ५ गते वडा र भदौ १५ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । ०७९ वैशाख ३० भित्र महाधिवेशन गर्ने गरी जान सकिने प्रस्ताव आए पनि निर्णय भने भएको छैन ।

विभाग गठन गरी स्थायी कमिटीबाट अन्तिम रूप दिने बैठकमा निर्णय भएको छ । एमालेले निर्वाचनको तयारीमा पार्टी पङ्क्ति जुट्ने पनि निर्देशन दिने निर्णय गरेको छ ।

१० औँ महाधिवेशन आयोजक कमिटी गरेका निर्णय कायम रहने केपी ओलीले बताएका छन् । महासचिव ईश्वर पोखरेलले सांगठनिक योजना पेश गरेका थिए । दुई दिनसम्म बसेको बैठकमा नेपाल र झलनाथ पक्षले भने बैठक अस्वीकार गरेको गरेको छ ।

बैठकले पारित गरेका पाँच बुँदे संगठनात्मक योजना

१) असार मसान्तभित्र पार्टीको सदस्यता नविकरण गरिसक्नुपर्ने । साउन ५ गतेभित्र त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने ।

२) आगामी साउन २५/२६ पार्टीको विधान अधिवेशन काठमाडौंमा गर्ने । त्यसका निम्ति पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र बादलको संयोजकत्वमा व्यवस्थापन समिति गर्ने प्रस्ताव ।

३) पार्टीका तल्लो तहका कमिटीहरूको अधिवेशन आगामी भदौ ५ गते वडास्तर र १५ गते पालिका स्तरका अधिवेशन गर्ने प्रस्ताव प्रस्तुत ।

४) पार्टीका केन्द्रीय तहका ३२ विभागमा रहने सदस्यको नाम प्रस्ताव गरे पनि अहिलेसम्म सिफारिस नआएकोले अविलम्ब पठाउन अनुरोध ।

५) अब सिंगो मुलुक निर्वाचनमा जुट्नुपर्ने भएकोले त्यसका लागि जुट्न नेतारकार्यकर्तालाई अनुरोध ।

  • १९ असार २०७८, शनिबार १९:३१ प्रकाशित
  • Nabintech