मेचि माहाकाली बुहारी संयुक्त आवाज बाँकेले शनिबार राप्ती सोनारी गाँउपालिका वडा नं. २ मा राहत बितरण गरेको छ । कोरोना महामारीका कारण जिवन यापन गर्न समस्यामा परेका एकल महिला, सुत्केरी तथा वालवालिकाहरुलाई राहत बितरण गरीएको संयोजक उर्मिला अधिकारी पाण्डेले जानकारी दिईन ।
राप्ती सोनारी २ का ८ घरपरिवार विपन्न, महिला तथा बालबालिकाहरुलाई २५ किलो चामल, दाल, तेल, नुन र स्वायबिन बितरण गरिएको मेचि माहाकालि बुहारी संयुक्त आवज लुम्बिनी प्रदेश सह संयोजक रेणुका खड्काले जानकारी दिईन ।
मेचि माहाकाली बुहारी संयुक्त आवाजले कोरोना महामारीका कारण समस्यामा परेका एकल महिला, बालबालिकाहरुका लागि राहत अभियान सञ्चालन गर्दै आएको छ ।
मेचि माहाकालिले यसअघि पनि बिभिन्न खाले समस्यमा परेकाहरुकालागि कानुनि साहायताका साथै सहयोग गर्दै आएको बताउँदै समितिकी बाँके संयोजक अधिकारीले बिपन्न तथा महिला र बालवालिकाका लागि सहयोग संकलन र बितरण अभियान जारी राखिने बताईन ।
१९ असार २०७८, शनिबार १८:२२ प्रकाशित